काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका १६ जना कास्कीको पोखरामा भएको खुलेको छ ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार उनीहरु अहिले गगनगौडामा छन् । ओलीयाले नेपाल प्रेससँग भने, गगनगौडातिर छन् भन्ने सूचना आएको छ, हामीले बुझ्दैछौं ।’
उनीहरु शनिबार पोखराको होटल जननीमा बसेको देखिएको कास्कीका एसपी ओलीयाले जानकारी दिए ।

उनीहरु चार दिनदेखि हराइहेका थिए ।