सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • वर्षाले त्रिशूली ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह

वर्षाले त्रिशूली ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह

540
Shares
वर्षाले त्रिशूली ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी आएको छ।

बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ।

रसुवागढी क्षेत्रमा पनि पानीको बहाव बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ। गत असार २४ गतेको बाढीले रसुवागढीमा मितेरी पुल बगाउनुका साथै ठूलो मानवीय र भौतिक क्षति गरेको थियोे।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाल र चीनको सीमा रसुवागढी क्षेत्रबाट ठूलो बाढी आएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दा सचेत रहन भनेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति र उत्तरगया गाउँपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन टोली परिचालित भइसकेको छ।

गाउँपालिका र प्रहरी प्रशासनले जारी सूचनालाई तत्काल कार्यान्वयनमा सहयोग पुर्‍याउन भनेको छ।

540
Shares

ट्रेन्डिङ