सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • बजार घट्नेक्रम जारी, नेप्से ६५ अंकले संकुचित बन्दै २८५७ बिन्दुमा

बजार घट्नेक्रम जारी, नेप्से ६५ अंकले संकुचित बन्दै २८५७ बिन्दुमा

715
Shares
बजार घट्नेक्रम जारी, नेप्से ६५ अंकले संकुचित बन्दै २८५७ बिन्दुमा

काठमाडौं । सेयर बजार घट्नेक्रमले आइतबार पनि निरन्तरता पाएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६५.२० अंकले घट्दै २८५७.४३ बिन्दुमा खुम्चिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से ३१.५० अंकले र बुधबार ४७.९३ अंकले घटेको थियो ।

मंगलबार ३०.७६ अंकले बढेर नेप्से चार वर्ष यताकै उच्च अर्थात् ३००२ बिन्दुमा पुगेको भएपनि त्यस यता भने निरन्तर घटिरहेको छ ।

आइतबार नेप्सेमा कुल १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बिहीबार नेप्सेमा कुल १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको काराबोर भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ ।

आइतबार ट्रेड टावर र शिभश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ ।

यस्तै, सान्भी इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले घटेको छ ।

आइतबार बैंकिङ समूह सूचक २.२४ प्रतिशतले घट्दा विकास बैंक समूह १.८३ प्रतिशत, फाइनान्स समूह १.५२ प्रतिशत, होटल तथा पर्यटन समूह १.०६ प्रतिशत, जलविद्युत् समूह १.३५ प्रतिशत र लगानी समूह २.१७ प्रतिशतले घटेको छ ।

जीवन बिमा समूह २.१२ प्रतिशत, उत्पादन समूह २.४७ प्रतिशत, लघुवित्त समूह ३.०२ प्रतिशत, निर्जीवन बिमा समूह १.८५ प्रतिशत र व्यापार समूहको सेयर मूल्य १.४१ प्रतिशतले संकुचित बनेको छ ।

715
Shares

ट्रेन्डिङ