सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • भुम्लुमा बोलेरो दुर्घटना, वडा अध्यक्षसहित ६ जना घाइते

भुम्लुमा बोलेरो दुर्घटना, वडा अध्यक्षसहित ६ जना घाइते

580
Shares
भुम्लुमा बोलेरो दुर्घटना, वडा अध्यक्षसहित ६ जना घाइते

काभ्रे । काभ्रे भुम्लु गाउँपालिका–८ पौवामा बोलेरो गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ जना घाइते भएका छन्।

गए राती चौरिदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो उकालोमा पुग्दा एक्कासी ब्रेक फेल भई सडक किनारको माटोको ढिस्कोमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरो चालक पाँचखाल नगरपालिका–५ का २१ वर्षीय युनिस गौतम सकुशल रहेका छन्। चौरीदेउराली–६ का ५४ वर्षीय पदम कुमार दुलाल, ६० वर्षीय डिल्लि प्रसाद गौतम, ३५ वर्षीय हाटुज राज गिरि र ४५ वर्षीय तेज बहादुर पन्थ सामान्य घाइते भई उपचारपछि डिस्चार्ज भएका छन्।

वडा नम्बर ६ का अध्यक्ष, ३२ वर्षीय किशोर राज गिरिको भने देब्रे खुट्टा भाँचिएको छ र हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घाइतेहरुमध्ये पाँचजनाको प्रारम्भिक उपचार दोलालघाटस्थित स्थानीय पोलिक्लिनिकमा गरिएको हो। भने एक जनालाई उपचारको लागि ट्रमा सेन्टर पठाईएको प्रहरिले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार दुर्घटनाको कारण ब्रेक फेल भएको प्रहरीले जनाएको छ।

580
Shares

ट्रेन्डिङ