सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रत्ननगर जुनियर जेसीजको २० औं स्थापना दिवस, दृष्टिविहीनलाई भोजन गराएर मनाइयो

रत्ननगर जुनियर जेसीजको २० औं स्थापना दिवस, दृष्टिविहीनलाई भोजन गराएर मनाइयो

635
Shares
रत्ननगर जुनियर जेसीजको २० औं स्थापना दिवस, दृष्टिविहीनलाई भोजन गराएर मनाइयो

चितवन । रत्ननगर जुनियर जेसीजले आफ्नो २० औं स्थापना दिवसको अवसरमा एक सामाजिक कार्य गरी मनाएको छ।

संस्थाका अध्यक्ष विमर्श अधिकारीको अध्यक्षतामा झुवानीस्थित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीहरूलाई खाना खुवाएर र उनीहरूसँग समय बिताएर यो विशेष दिन मनाइयो। कार्यक्रमको संयोजन भने बिराज अर्यालले गरेका थिए।

यस कार्यक्रममा प्रमुख अतिथि रत्ननगर वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण चापागाईं थिए भने रत्ननगर जेसीजका संस्थापक अध्यक्ष निजानन्द मल्ल, विद्यालयका प्रधानाध्यापक नबिन चन्द्र भट्टराई, रत्ननगर जेसीजका अध्यक्ष बाबुराम परियार, रत्ननगर जुनियर जेसीजका पूर्व अध्यक्ष सन्दर्भ खनाल, जुनियर जेसीज एरिया बीका संयोजक कपिल थापा, पर्सा खैरहनी जुनियर जेसीजका अध्यक्ष तथा सदस्यहरू लगायत झुवानी विद्यालयका शिक्षक, रत्ननगर जेसीज र जुनियर जेसीजका बोर्ड सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

संस्थाले वार्षिकोत्सवलाई समाजसेवाको रूपमा मनाएर रचनात्मक र उदाहरणीय कार्य गरेको भन्दै कार्यक्रममा सहभागीहरूले प्रशंसा गरेका छन्।

635
Shares

ट्रेन्डिङ