सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • नागरिकको चियो गर्ने अधिकार सरकारलाई छैन: विश्वप्रकाश शर्मा

नागरिकको चियो गर्ने अधिकार सरकारलाई छैन: विश्वप्रकाश शर्मा

540
Shares
नागरिकको चियो गर्ने अधिकार सरकारलाई छैन: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन्।

‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदाबारे महामन्त्री शर्माले नागरिकमाथि शंका गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरेका हुन्।

उनले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन् गर्ने अवस्था भएको बताए।

‘यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढंगले व्यवहार गर्ने विषयमा दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेण्ड र ब्वाईफ्रेण्डको कुराकानीसम्म पनि सरकारले पहुँच देखियो। नेपालको संविधानले दिएको गोपनीयताको हक बमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो नि । यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ,’ उनले भने।

महामन्त्री शर्माले विधेयकका दफा र उपदफामा आएका कुराहरुमा सरकारको अभीष्ट के हो भन्ने खुलाउनुपर्ने बताए।

‘अब यसले थप जाने हो । त्यसैले यस विधेयकका सम्बन्धमा पार्टीको धारण के हो भने २०७६ सालमा यस्तै कानून प्रश्तावित हुँदै गर्दा विरोध गर्दा बोलेको थिएँ । अहिले फेरी त्यही चिजलाई नयाँ कागजमा टाइप गरेर प्रश्तावित गरेको छ । यसमा गम्भीर पुर्नविचार गर्नुपर्छ । संविधान प्रतिकुल व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप पुग्नेगरी सरकारले गर्ने कार्य बिल्कुलै स्वीकार्य हुदैन ।

व्यक्तिको गोपनीयताको हकको सन्दर्भमा सरकारले व्यक्तिको आँगनसम्म पुग्ने हो व्यक्तिको बेडरुमसम्म होइन,’ उनले भने। -न्युज एजेन्सी नेपाल

540
Shares

ट्रेन्डिङ