सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेमा तीन हजार ३० वटा म्याद सकिएका र हाइड्रोलिक परीक्षणमा फेल ग्यास सिलिन्डर नष्ट

काभ्रेमा तीन हजार ३० वटा म्याद सकिएका र हाइड्रोलिक परीक्षणमा फेल ग्यास सिलिन्डर नष्ट

535
Shares
काभ्रेमा तीन हजार ३० वटा म्याद सकिएका र हाइड्रोलिक परीक्षणमा फेल ग्यास सिलिन्डर नष्ट

काभ्रेपलाञ्चोक । सगरमाथा ग्यास उद्योग प्रालिले म्याद सकिएका र हाइड्रोलिक परीक्षणमा फेल भएका तीन हजार ३० वटा सगर ब्राण्डका ग्यास सिलिन्डर नष्ट गरेको छ।

आइतबार नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, स्थानीय जनप्रतिनिधि र उपभोक्ता अधिकारकर्मीहरूको रोहवरमा काभ्रेको बनेपा नगरपालिका–४, थापागाउँमा रहेको उद्योगबाट ती सिलिन्डरहरू नष्ट गरिएको हो।

उद्योगका सञ्चालक सावरमल अग्रवालका अनुसार ग्राहकलाई गुणस्तरीय र सुरक्षित ग्यास सिलिन्डर उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको हो।

उनले भने, ‘आयल निगमको निर्देशन र गुणस्तर तथा नापतौल विभागको मापदण्ड पालना गर्दै हामीले हाइड्रोलिक परीक्षणमा असफल भएका सिलिन्डरहरू नष्ट गरेका हौँ।’

सगरमाथा ग्यास उद्योगले दैनिक सात हजार पाँच सय सिलिन्डर रिफिल गर्दै आएको छ। बजारमा रहेका साढे चार लाख सिलिन्डरहरू रिफिलिङको क्रममा परीक्षण गरिने अग्रवालले बताए।

‘हामी हरेक पटक सिलिन्डर परीक्षण गर्छौं। परीक्षणका क्रममा कुनै समस्या देखिएमा त्यसलाई छुट्टै राखेर नष्ट गर्छौं,’ उनले थपे, ‘सामान्यतया, वार्षिक ३ देखि ५ सय सिलिन्डर नष्ट गरिन्छ। तर, यसपटक बाढीका कारण धेरै सिलिन्डर बिग्रिएकाले यो संख्या बढेको हो।’

535
Shares

ट्रेन्डिङ