सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

425
Shares
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले शुक्रबार २ लाख रुपैयाँ क्रस गरेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

महासंका अनुसार बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ लाख ६०० रुपैयाँ कामयम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बिहीबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएको छ ।

425
Shares

ट्रेन्डिङ