काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक रहेको उल्लेख गर्दै शान्ति सुव्यवस्था कामय राख्न अपील गरेका छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नेपालको अवस्थाका कारण आफू अत्यन्तै विचलित भएको बताएका छन् ।
उनले आज भारतको मन्त्रिपरिषद्मा नेपालकोबारेमा विस्तृत छलफल भएको जानकारी दिएका छन् ।

‘नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति समृद्धि अत्यन्त महत्वपूर्ण छ’ उनले भनेका छन्,’ म नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीहलाई शान्ति सुव्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।