सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो

प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो

475
Shares
प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो

चितवन । जेन-जी समुहको अन्दोलनको क्रममा भरतपुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अवस्थामा नियन्त्रणमा लिएको मेसिनमा रहेको करिब १८ लाख रुपैयाँ प्रहरीले आज बैंकमा फिर्ता गरिदिएको छ ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आगो लगाएर लुट्न लागेको एटीएम मेसिन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त मेसिन आज बैंकका प्रतिनिधि तथा जनप्रतिनिधिको रोहबरमा खोलेर हेर्दा १७ लाख ७९ हजार रुपैयाँ रहेको पाइएको जनाइएको छ । प्रहरी प्रवक्ता खनालले उक्त रकम आज बैँक प्रतिनिधिको जिम्मा लगाइएको जनाकारी दिए ।

475
Shares

ट्रेन्डिङ