सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आठ बर्षिया दीक्षा ठकुरीकाे नृत्य रहेकाे गित “भाईरल भैदियो”

आठ बर्षिया दीक्षा ठकुरीकाे नृत्य रहेकाे गित “भाईरल भैदियो”

4695
Shares
आठ बर्षिया दीक्षा ठकुरीकाे नृत्य रहेकाे गित “भाईरल भैदियो”

काठमाडौं । गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् ।

गीतमा आठ बर्षीया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ । स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसँगै उनि आँफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन् ।

धादिङकी आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय सुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् । भिडियो रिलिजसँगै दीक्षाको प्रतिभाको तारिफ गरिएको छ ।

– नागरिक पाटी बाट

4695
Shares

ट्रेन्डिङ