सबैको समाचार
शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • २७ औ दिनमा टुङ्गियो रिले अनशन

२७ औ दिनमा टुङ्गियो रिले अनशन

4180
Shares
२७ औ दिनमा टुङ्गियो रिले अनशन

नेपाली काँग्रेस सोलुखुम्बुको जिल्ला अधिबेशन गर्न माग गर्दै गत माघ ३ गते बाट काँग्रेस मुख्यालयमा सोलुखुम्बुका नेता कार्यकर्ता रेले अनसनमा बसेका थिए ।
पार्टी सभापति शेर बहादुर देउवाले जिल्ल अधिबेशनको उचित छानविन गर्ने प्रतिवद्धताका साथ रिले अनसनलाई रोकिएको एक नेताले जानकारी दिए ।
२९ गते शनिबारका दिन सभापति देउवाद्धारा जिल्ला अधिबेशन भए वा नभएको के हो सो सम्बन्धि छानबिन गरि प्रतिबेदन पेस गर्न केन्द्रिय सदस्य केशव कुमार बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय छानबिन गठन गरीसक्नु भएको र अब नेपाली काँगेस सोलुखुम्बुबाट आएको माग प्रति गंम्भिर ध्याकाकर्षण भएको नेपाली काँग्रस सोलुखुम्बुका एक नेताले बताए ।
समिति सदस्यमा केन्द्रिय सद्स्य मीन बिस्वकर्मा र गोबिन्द भट्टराई रहेको उक्त समिति लाई चैत्र १५ सम्मको समयसिमा दिएको छ । पार्टी बिधि बिधान संम्बत चल्नु पर्छ र कुनै पनि हालतमा पार्टी विधि र बिधान भन्दा बाहिर जान नसक्ने सभापति देउवाको भनाइ छ ।
पार्टी मुख्यालय सानेपा पुग्नुभएका काँग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की ले पार्टीको विधि सम्बत जिल्ला अधिबेशन हुनु पर्ने भन्दै छानबिन समितिले निस्पक्ष एबम सत्य तथ्य प्रमाण आधारहरु केलाएर प्रतिबेदन पेश गर्नेमा आफू ढुक्क रहेको बताउनु भयो । साथै उहाँले सोलुखुम्बु एउटा इतिहास बोकेको जिल्ला भएकोले त्यसलाई पार्टीले पनि हेर्ने दृष्टिकोण फरक बनाउनु पर्नेमा जोड दिनु भयो ।
अनशनमा नेपाली काँग्रेस सोलुखुम्बुका सबै पुर्ब सभापतिहरु बर्तमान कार्यसमितिका पदाधिकारीहरु भात्री सस्थाका नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

4180
Shares

ट्रेन्डिङ