सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्ववियु चुनाव: यस्ता छन् १० संगठनका निर्णय

स्ववियु चुनाव: यस्ता छन् १० संगठनका निर्णय

2990
Shares
स्ववियु चुनाव: यस्ता छन् १० संगठनका निर्णय

त्रिविले यसअघि नै सार्वजनिक गरेको चुनावको कार्यतालिकाअनुसार १ फागुनमा मतदाता सुची प्रकाशित गर्ने कार्यक्रम छ । ३ फागुनमा मतदाता सुचीमा दाबी विरोध गर्ने र मतदाताको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार १४ फागुनमा मतदान हुनेछ ।
शनिवबार विद्यार्थी संगठनको संयुक्त बैठक बसे पनि नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादीनिकटको अखिल (क्रान्तिकारी), राप्रविसंघलगायत केही संगठनले १४ फागुनमा हुने चुनावमा सहभागिता नजनाउने भन्दै बैठक बहिष्कार गरेर हिँडेका थिए । पहिले चुनावका विपक्षमा भएका केही संगठन भने शनिबारको बैठकबाट १४ फागुनमा चुनाव गराउने पक्षमा उभिएका छन् ।
यस्ता छन् संगठनका निर्णय
१. त्रिविले १४ फागुनमा हुने घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा पूर्ण सहमति भएको छ । १ फागुनदेखि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविलाई अनुरोध गरेका छन् ।
२. त्रिविले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न–गराउन प्रतिबद्धता व्यक्त गरेका छन् । आचारसंहिताविपरीत केही क्याम्पसमा एकमुष्ठ र फर्जी भर्ना गरिएको पाइएकाले त्यस्ता भर्ना छानबिन गरी तत्काल बदर र सम्बन्धित प्रशासनलाई कारबाही गर्न माग गरेका छन् । आचारसंहिता प्रत्येक क्याम्पसमा नियमित अनुगमन गर्न सबै संगठनका महासचिव÷महामन्त्री वा तोकिएका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरेका छन् ।
३. आचारसंहिता वा कहीँ–कतै विवाद भए केन्द्रीय तहबाट समाधान गर्ने निर्णय गरेका छन् ।
४. सम्पूर्ण विद्यार्थीलाई निर्वाचनमा भाग लिन, आफ्नो विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्नसमेत अपिल गरेका छन्।
यस सन्दर्भमा सबै विद्यार्थी संघ–संगठनबीच विभिन्न तहमा छलफल पनि भइरहेको छ,’ शिक्षाध्यक्ष त्रिपाठीले भनेकी छिन्, ‘केही असहमतिका कुरा पनि बाहिर आइरहेका छन्, तथापि त्रिविले केही आगामी दिनमा त्यस्ता असहमति भए पनि सम्बोधन गर्दै अघि बढ्ने गरी घोषित निर्वाचनलाई प्रतिबद्धता साथ सम्पन्न गर्न अघि बढेको छ ।’ ‘फागुन १ देखि निर्वाचन प्रक्रिया प्रारम्भ हुन गइरहेको छ ।त्रिविले असहजतालाई सहजतातर्फ लगी सबैलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

2990
Shares

ट्रेन्डिङ