सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्यासिफकलाई प्राप्ती गरि ग्लोबल आइएमईको एकिकृत कारोबार आरम्भ

प्यासिफकलाई प्राप्ती गरि ग्लोबल आइएमईको एकिकृत कारोबार आरम्भ

3750
Shares
प्यासिफकलाई प्राप्ती गरि ग्लोबल आइएमईको एकिकृत कारोबार आरम्भ

ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिसन) गरी एकिकृत कारोबारको आरम्भ भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गरेका हुन् ।
लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कूल चुँक्ता पूँजी १३ करोड २९ लख रहेको थियो ।
प्यासिफिक डेभलोपमेन्ट बैंकलाई ग्लोवब अइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुँक्ता पूँजी रु ७ अर्ब २४ करोड, कुल निक्षेप रु ८५ अर्ब, कर्जा लगानी ७२ अर्ब ८८ करोड र ९४ वटा शाखा कार्यलय पुगेका छन् ।
ग्लोवल आइएमई बैंकले यस अघि कर्मज एण्ड ट्रष्ट बैंक, आइएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलेपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससँग मर्जर भइसकेको छ 

3750
Shares

ट्रेन्डिङ