सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • बैंकिङ कसुरका आरोपी मदनबहादुर पक्राउ

बैंकिङ कसुरका आरोपी मदनबहादुर पक्राउ

4245
Shares
बैंकिङ कसुरका आरोपी मदनबहादुर पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ बुढानीलकण्ठका ६० वर्षीय मदनबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको छ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडको रकम हिनामिना गरेको आरोप लागेका कार्की लामो समयदेखि फरार रहेका थिए ।
राष्ट्र बैंकले दिएको जाहेरीमा पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते कार्कीले रु सात करोड ६४ लाख तीन हजार २४४ रकम हिनामिना गरेको ठहर गर्दै तीन वर्ष कैद र त्यति नै रकम जरिवाना सुनाएको थियो ।
कमसल जग्गाको अत्याधिक मूल्याङ्कन गराई धितो राखी झुट्टा परियोजना बनाई सो परियोजनाको लागि क्यापिटल मर्चेंन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट उक्त फाइनान्स कम्पनीका पदाधिकारीसमेतको मिलोमतोमा रकम प्राप्त गरी दुरुपयोग गरेको ब्युरोले जनाएको छ ।
हालसम्ममा सिआइबीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुणकुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला, भाइकृष्ण खड्का र किरणकेशर नेपाललाई फक्राउ गरेर अदालतमा बुझाएको छ । रासस

4245
Shares

ट्रेन्डिङ