सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पनौती नगरपालिकामा खोप अभिमुखिकरण तथा खोप समन्वय समिती गठन

पनौती नगरपालिकामा खोप अभिमुखिकरण तथा खोप समन्वय समिती गठन

855
Shares
पनौती नगरपालिकामा खोप अभिमुखिकरण तथा खोप समन्वय समिती गठन

काभ्रे । पनौती नगरपालिकाको स्वास्थ्य शाखाले नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता, दिगोपनाका लागि सूक्ष्म योजना अपडेट र सरसफाई प्रवर्धन प्याकेज कार्यक्रमको समीक्षा गोष्ठी आयोजना गरेको छ।

यस गोष्ठीमा खोप समन्वय समितीको गठन समेत गरिएको छ। समितिमा करिब १४ सदस्य रहनेछन्।

कार्यक्रममा स्वास्थ्य शाखाका ओरमुख जनक केसीले खोपको वर्तमान अवस्था बारे प्रस्तुतीकरण गर्नुभयो।

यस अवसरमा पनौती नगरपालिकाका मेयर राम शरण भन्डारी, उपप्रमुख गिता बन्जारा, प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्मा लगायतका कर्मचारी र स्वास्थ्यकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

यस कार्यक्रमले खोपका अभियानलाई थप सशक्त बनाउन र दिगो प्रभावकारीता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

855
Shares

ट्रेन्डिङ