नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आज थाइल्याण्डको बैंकक लगिने भएको छ । आज दिउसो १ः५५ बजेको थाइ एयरको नियमित उडानबाट पुनलाई बैंकक लैजान लागिने र पुनसँगै उनकी पत्नी एवम् सभामुख ओनसरी घर्तीमगर पनि बैंकक बहिनी सुशीला पुनले बताइन् ।
फागुन १० गते उच्च ज्वरोबा कारण उनको उपचार धापासी ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भइहेको थियो । ‘ज्वरो आएर भाइरल भनेर उपचार गरेको थियो । त्यसपछि निमोनिया भन्यो । फेरि टाइफाइड भन्यो । रोग पत्ता नलागेसम्म थाइल्याड लैजान लागिएको समाचार स्रोतले भन्यो । अस्पतालले आजै डिस्चार्ज गर्ने र बैंककस्थित समिति भेज अस्पतालमा उपचारका लागि लैजाने स्रोतको दावी छ ।
जण्डिस बिग्रिएपछि यसअघि अनन्तलाई बैंकककै समिति भेज अस्पतालमा उपचार गरिएको थियो । करिब एक महिना लामो उपचार पछि स्वास्थ्यमा केही सुधार आएपछि गत वर्ष माघमा उनलाई नेपाल फर्काइएको थियो ।
केही दिन आराम गरेपछि राजनीतिमा सक्रिय भएका अनन्त गत महिना रोल्पाको कार्यक्रममा सहभागी हुन गएका बेला पुनः बिरामी भएका थिए ।