सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • माओवादी नेता बर्षामान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिदै

माओवादी नेता बर्षामान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिदै

5155
Shares
माओवादी नेता बर्षामान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिदै

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आज थाइल्याण्डको बैंकक लगिने भएको छ । आज दिउसो १ः५५ बजेको थाइ एयरको नियमित उडानबाट पुनलाई बैंकक लैजान लागिने र पुनसँगै उनकी पत्नी एवम् सभामुख ओनसरी घर्तीमगर पनि बैंकक बहिनी सुशीला पुनले बताइन् ।
फागुन १० गते उच्च ज्वरोबा कारण उनको उपचार धापासी ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भइहेको थियो । ‘ज्वरो आएर भाइरल भनेर उपचार गरेको थियो । त्यसपछि निमोनिया भन्यो । फेरि टाइफाइड भन्यो । रोग पत्ता नलागेसम्म थाइल्याड लैजान लागिएको समाचार स्रोतले भन्यो । अस्पतालले आजै डिस्चार्ज गर्ने र बैंककस्थित समिति भेज अस्पतालमा उपचारका लागि लैजाने स्रोतको दावी छ ।
जण्डिस बिग्रिएपछि यसअघि अनन्तलाई बैंकककै समिति भेज अस्पतालमा उपचार गरिएको थियो । करिब एक महिना लामो उपचार पछि स्वास्थ्यमा केही सुधार आएपछि गत वर्ष माघमा उनलाई नेपाल फर्काइएको थियो ।
केही दिन आराम गरेपछि राजनीतिमा सक्रिय भएका अनन्त गत महिना रोल्पाको कार्यक्रममा सहभागी हुन गएका बेला पुनः बिरामी भएका थिए ।

5155
Shares

ट्रेन्डिङ