सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा अनुमतिबिना सीसी क्यामेरा जडान

काभ्रेमा अनुमतिबिना सीसी क्यामेरा जडान

31930
Shares
काभ्रेमा अनुमतिबिना सीसी क्यामेरा जडान

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा अनुमतिबिना सीसी क्यामेरा जडान गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा अनुमति लिएर सीसी टीभी क्यामेरा राख्नुपर्ने कानूनी व्यवस्था भएपनि काभ्रेमा भने कसैले पनि अनुमति लिएर नराखेको पाइएको हो ।

जिल्लाको बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाका अधिकांश होटल, किराना पसल, मासु पसल, हाडवेयर पसल, डिपार्टमेन्ट‚ स्टोर, संघ-संस्थाको कार्यालयमा अनुमतिबिनै सीसी टीभी क्यामेरा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र सीसी टीभी क्यामेरा राख्न पाइने कानूनी व्यवस्था रहेको बताए ।

‘भर्खरै चाडपर्व लक्षित बजार अनुगमनका क्रममा कसैले पनि सीसीटिभी क्यामेरा अनुमति लिएर राखेको पाइएन’, उनले भने, ‘हामीले अनुमतिका लागि आउन भनेका छौं ।’

अनुमति लिन नआएमा कारबाही अगाडि बढाउने सुनुवारले जानकारी दिए । जिल्लाका सरकारी कार्यालय, स्थानीय तह, बैंकलगायतले सीसी क्यामेरा राख्न पाइने कानूनी व्यवस्था भएपनि त्यसभन्दा बाहेकले अनुमति लिएरमात्र सीसी क्यामेरा राख्न पाइने उल्लेख छ । पनौती नगरपालिकाको बसपार्कमा मासु पसल सञ्चालन गर्दै आएकी रजनी शाहीले अनुमतिबिना सीसी क्यामेरा जडान गरेको बताए ।
साभार : गाेरखापत्र

31930
Shares

ट्रेन्डिङ