सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जापानमा भयो तालुखुइलेहरुको गज्जबको भेला

जापानमा भयो तालुखुइलेहरुको गज्जबको भेला

4070
Shares
जापानमा भयो तालुखुइलेहरुको गज्जबको भेला

जापानमा एउटा निकै अनौठो भेलाको आयोजना भयो । जहाँ ३० भन्दा धेरै तालुखुइले पुरुषहरु जुटे र तालु खुइलिनुको मज्जा उठाए । तालुखुइलेहरुको क्लब जापानमा सन् १९८९ मै खुलेको थियो । र अहिलेसम्म उक्त क्लबमा ६५ जना सदस्य बनिसकेका छन् ।
यो क्लबको उद्धेश्य नै तालुखुइलेप्रति मानिसहरुमा सकारात्मक सोँच विकसित गर्नु नै हो । क्लबका एक सदसय तोशियुकी ओगासावारा भन्छन् ः मेरो टाउको अहिलेपनि दुख्छ । मलाई लाग्छ की यसमा हिउँ खस्नु आवश्यक छ ।
टोकियोमा तालुखुइलेहरुका बीचमा भएको यस प्रतियोगितामा सहभागी भएका एक अन्य प्रतियोगी मसातोमो ससाकी भन्छन् ः मलाई गर्व महसुस हुन्छ । मैले भन्न सक्छु कि तालुखुइले हुुँदा मलाइ निकै रमाइलो महसुस हुन्छ ।
तालुखुइले क्लबका अध्यक्ष तेइजिरो सुगो भन्छन् ः मैले सारा दुनियाका तालुखुइलेसँग भन्न चाहन्छु की उनीहरु यहाँ आउन् र तालुखुइलेहरुको ओलम्पिक गराउन् । बीबीसी

4070
Shares

ट्रेन्डिङ