सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

चमेलियाको सुरुङ सकियो

2105
Shares
चमेलियाको सुरुङ सकियो

दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ ।
प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर लामो सुरुङ र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम आज पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राससलाई बताउनुभयो ।
नेपाली इन्जिनियरहरुले आयोजनाको उक्त जटिल काम सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली इन्जिनियरहरु नेपाली समाजका लागि गौरवयोग्य भएको बताउनुभयो ।
यसैवर्ष परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुतगतिमा भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४०० भन्दा बढी टावर पनि खडा भइसकेका छन् ।
केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धारित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएपछि आयोजनाले यो प्रगति हासिल गरेको हो । रासस

2105
Shares

ट्रेन्डिङ