नेपाली जनप्रगतिशील मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप भट्टराईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
लामो समय देखि मोर्चालाई बिखन्डन गर्न कसरत गर्ने, पाटी सिद्धान्तको भन्डाफोर गर्दै हिड्ने, मोर्चाको गोपनियता भंग गर्ने, सामाजिक संजालमा पाटीको बिरोध गर्दै हिड्ने, मोर्चाले दिएको जिम्मेवारीबाट भाग्ने, सगठनको बिधान बिपरित कार्यहरु गर्ने कार्यहरु आएको र मोर्चाले बारम्बार यस्ता मोर्चाको नियम विपरित कार्यहरु नगर्न र सुध्रिने मौका दिदा सम्म पनि बेवास्ता गर्दै मोर्चाको खिल्ली उडाउने कार्य नरोकिएकोले मोर्चाको आज बसेको केन्द्रिय समितिको बैंठकले भट्टराईलाई नेपाली जनप्रगतिशील मोर्चा मलेसियाको साधारण सदस्य समेत नरहने गरि कारबाहि गरेको हो ।
मोर्चाका अध्यक्ष सुमन श्रेष्ठका अनुसार क.दिलिप भट्टराईलाई पटक पटक मोर्चा विरोधी कार्य नगर्न, नगराउन आग्रह गरेका हौं । तर उहाँले हाम्रो आग्रहलाई गम्भिरता पूर्वक लिन भएन र आज हाम्रो केन्द्रिय समितिको बैठक बसी क.भट्टराईले गर्नुभएकोे गतिबिधिसंग सम्बन्धित बिषयहरुमा गम्भीर छलफल गरी मोर्चाको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हौं ।