सबैको समाचार
सोमवार, फाल्गुन ५, २०८१
  • होमपेज
  • रासस प्रतिष्ठानमा नयाँ नेतृत्व

रासस प्रतिष्ठानमा नयाँ नेतृत्व

4985
Shares
रासस प्रतिष्ठानमा नयाँ नेतृत्व

नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाको सातौँ अधिवेशनले नारायणप्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शाखाका उपाध्यक्षमा दिलीपप्रसाद शर्मा, महिला उपाध्यक्षमा मोहिनी मिश्र, सचिव पवित्रा गुरागाईं, सहसचिव अच्युत रेग्मी, समावेशी सहसचिव अभिलासा पोखरेल, कोषाध्यक्ष नारायणप्रसाद न्यौपाने, सदस्यहरु श्याम रिमाल, रोशा बस्नेत, शर्मिला पाठक र दिलीप अधिकारी चयन भएका छन् ।
शाखाको केन्द्रीय पार्षद्मा विष्णु नेपाल, प्रकाश सिलवाल र वासुदेव पौडेल तथा प्रदेश पार्षद्मा कृष्ण अधिकारी, एकराज पाठक, सूर्यचन्द्र बस्नेत र कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।
यसरी निर्विरोध चयन भएकालाई निर्वाचन समितिका संयोजक राजाराम कार्कीले प्रमाणपत्र तथा महासङ्घका केन्द्रीय सदस्यद्वय माधव दुलाल र शीतलप्रसाद महतो, शाखाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद नेपालले बधाई दिनुभयो । रासस

4985
Shares

ट्रेन्डिङ