सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • करोडौं रुपैयाँ ऋण लिएका होटलहरू धराशायी भएका छन्: सचिव ज्योत्सना सैंजू

करोडौं रुपैयाँ ऋण लिएका होटलहरू धराशायी भएका छन्: सचिव ज्योत्सना सैंजू

18625
Shares
करोडौं रुपैयाँ ऋण  लिएका होटलहरू धराशायी भएका छन्: सचिव ज्योत्सना सैंजू

विश्वब्यापी फैलिएको कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा होटल ब्यवसाय परेको छ । लकडाउनले गर्दा आन्तरिक आवातजावात समेत ठप्प छ । बाह्य पर्यटकको भरमा चल्ने होटल ब्यवसायीहरुको त अवस्था झनै भयवह होला जस्तो छ ।

काभ्रेमा रहेको होटल ब्यवसाय पनि लकडाउनले चौपट बनिरहेको छ । अब लकडाउनपछि कुन रुपले होटल ब्यवसाय सञ्चालन हुन्छन भन्ने बारेमा गम्भीरता पूर्वक सोच्न जरुरी छ । हामी क्षेत्रिय होटल संघका सचिव ज्योत्सना सैजुसँग कुराकानी गरेका छौँ :-

होटेल व्यावसायमा कोरोनाको प्रभाव पछिको अवस्था कस्तो छ ?
बिश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा पहिलो र सबैभन्दा ठूलो असर पर्यटन ब्यवसायलाई परिरहेको छ । साँढे २ खर्बभन्दा माथि लगानी रहेको, १० लाखभन्दा माथिको संख्यामा रोजगारी सिर्जना गरेको र देशको कुल अर्थतन्त्रको ८ प्रतिशत हिस्सा ओगटेको पर्यटन क्षेत्रमा परेको गम्भीर असरलाई समयमै ध्यान पु¥याउन नसकेमा यसबाट समग्र देशकै आर्थिक, सामाजिक क्षेत्रमा ठूलो असर पुग्ने कुरा निर्बिवाद नै छ ।

संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण पर्यटन क्षेत्रको एक प्रमुख हिस्साको रुपमा रहेका होटल ब्यवसायहरु पनि २०७६ चैत्र ११ गते देखि नै पूर्णरुपमा बन्द भएका छन् । होटलहरुले ठूलो नोक्सान बेहोर्नु परेको छ । नेपाली होटल तथा रेष्टुरेन्टले एक महिनामै करिब २ अर्ब रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको छ र बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था छ्र । विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । र एसको असर आउदो दुइ बर्ष सम्म रहनेछ।

पर्यटन क्षेत्रको यस्तो अवस्थालाई सुधार ल्याउन के गर्ने तयारीमा हुनुहुन्छ ?
होटल क्षेत्रमा यस्तो अवस्थामा सुधार ल्याउनका लागि विभिन्न परियोजनाहरू बनाएर अगाडि बढ्नुपर्छ र यसमा प्रदेश सरकार, स्थानीय सरकार दुबैले हातेमालो गरी धराशायी हुने अवस्थामा पुगेका होटल ब्यबसायीहरुका हितमा काम गर्नेु पर्छ ।

यस्तो अवस्थामा सरकारले चाहिं पर्यटन क्षेत्रमा के गर्नु पर्ला ?
होटलहरूमा लागेका विभिन्न करहरु कम गर्ने अथवा मिनाहा गर्ने । होटल व्यवसायीहरुले मुअकर, अन्तशुल्क, व्यवसायी कर, तलब कर, नगरपालिका कर, सरसफाई कर लगायत बिभिन्न शिर्षकमा तिरिदै आएकोमा केही छुटको व्यवस्था गरिए केही राहत हुनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्छ, । धुलिखेल मातहतका ठाउँहरूको पहिचान गरी नयाँ तचबखभ िचयगतभ बनाउने ।

कार्यतालिका बनाएर सरकारले बन्दा बन्दी कहिले खोल्ने पुख्त जानकारी दिनुभयो भने हामीले कार्यतालिका बनाएर एउटा सरसफाईको प्रोटोकल बनाएर अगाडि बढ्ने र होटलहरूले ग्राहकहरुलाई त्यही कार्यतालिका नियम अनुसार होटल सुरक्षित छ भन्ने कुरामा विश्वस्त गर्ने। सामाजिक दुरी कायम राखि सरसफाई सबैको मापदण्ड बनाउने । एबअपबनभ ( बिभिन्न शिर्षकमा उबअपबनभ तयार गर्ने। एयरपोर्टको सुबिधादेखि लिएर गाडीको ब्यबस्थापन एउटै संस्थाले गर्ने, यसले गर्दा बिभिन्न मानिसहरू भेट्नु पर्ने हुदैन ।

सरकारले पनि भिजा फ्रि मा सहुलियत दिने र खष्कब अवधि लम्ब्याउने लगायत बिभिन्न शिर्षकमा रहेको करलाई एक द्वार प्रणालिमा ल्याउने, सरकारले चाह्यो भने धेरै गर्न सकिन्छ र गर्नु पनि पर्छ किनभने नेपाल जस्तो भुपरिवेष्ठीत देशमा अरु देश जस्तै न हामीले ठुला उधोग र कल कारखाना खोल्न सकेका छौ न त हाम्रो कुनै खनिज पदार्थ छ, त्यसैले पर्यटनमा सरकारको पनि लगानी भयो भने यसको ठूलो भबिस्य छ । बंगलादेश अहिले कपडाको नितिले गर्दा बिश्वमा चिनिन्छ भने हामीले प्रकृतिले दिएको वरदानलाई उपयोग गर्न सरकार र व्यावसायि लाग्न पर्दछ ।

कोरानोबाट बच्नको लागि तपाईंहरुले के पहल गर्नु भएको छ ?
कोरोनाबाट बच्न मैले नियमित साबुन पानीले हात धुने गरेको छु। बाहिर सामान किन्न जानको लागि मास्क, स्यानिताइजर, चश्मा, पन्जा लगाउने र सामान किनेर आइसकेपछि लुगा फेर्ने, जुत्ता बाहिर राख्ने, नुहाउने, लुगालाई धुने अथवा घाममा राख्ने। सामानलाई १, २ दिन सम्म छुट्टै राख्ने किचनमा लगि नहाल्ने। सकेसम्म बाहिर केहि नछुने छोइ हाले स्यानीताइजर लगाइ हाल्ने । सामजीक दुरी कायम राख्ने, मुखमा नछुने, मोबाइलमा पनि बाहिर चलाउँदा स्यानीटाइजर लगाउने गरेकी छु । कोठा, ढोका, रेलिङमा किटनाशक औषधीले सफा गर्ने गरेकी छु । बाहिर सामान किनेर आइसकेपछि पैसालाई घाममा सुकाउने गरेकी छु ।

अबको होटेल व्यावसायीक स्थिति कस्तो होला ?
नेपालमा लकडाउन चैत्र ११ देखि शुरु भएतापनि यसको चार महिना अगाडि २०१९ को डिसेम्बरमा चीनमा कोरोना भाइरसको समस्या शुरु हुने बित्तीकै यहाँको पर्यटन क्षेत्रमा असर शुरु भईसकेको थियो ।

भर्खरै पर्यटकीय सिजन शुरु भएको अवस्थामा क्रमशः बुकिङहरु रद्ध हुँदै बन्दको अवस्थामा आउँदा काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको क्षेत्रीय होटल संघ धुलिखेल अन्तर्गत करिब दुई सयको संख्यामा रहेका होटलका लगानीकर्ताहरुको अर्बौं रुपैयाँ डुब्ने खतरा बढिरहेको छ भने यसमा आश्रित हजारौं कर्मचारी तथा श्रमिकहरु रोजगार गुमाउने अवस्थामा पुगेका छन् । यससँग जोडिएका ऋण प्रवाह गर्ने बैंक, खाद्यान्न, मासु, तरकारी लगायतका सामान सप्लाई गर्ने स्थानीय ब्यापारी, घरधनी, कर प्राप्त गर्ने संघीय प्रादेशिक तथा स्थानीय सरकारहरुलाई पर्ने असर समेत ख्याल गर्ने हो भने स्थिती अत्यन्तै भयावह देखिन्छ ।

समाधानको उपायहरु के के हुन सक्छन् ?
यसको स्थायी र दिर्घकालीन ब्यवस्थापनका लागि समयमै सचेत भई सरकार, बैंक, ब्यवसायी, कर्मचारी लगायत सरोकारवाला सबैको संयुक्त प्रयास् नहुने हो भने यो कोभिड १९ को महामारी भन्दा सयौं गुणा बढि आर्थिक महामारीले हामी सबैलाई आक्रान्त पार्ने कुरा निश्चित भएको हुँदा यस परिस्थितीबाट जोगिन र जोगाउनका लागि हामी नेपाल सरकार प्रादेशिक सरकार तथा स्थानीय सरकार र यस क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला निकायहरुमा हार्दिक अपील गर्दछौं ।

हाम्रा सुझाव एवम् मागहरुः
–. लकडाउन खुल्ला भई अवस्था सामान्य भएपछि पनि पर्यटन क्षेत्रमा यसको असर लामो समयसम्म पर्ने र पुनः पूर्वावस्थामा फर्कन कम्तिमा दुई बर्ष अवधि लाग्ने हुँदा बैंक ऋणको अवधि २ बर्ष थप गर्ने, ब्याज पूँजिकृत गर्ने र २ बर्षपछिमात्रै किस्ता तथा ब्याज भुक्तानी गर्ने ब्यवस्था मिलाउने ।
– सबै होटल ब्यवसायलाई नेपाल राष्ट्र बैकबाट प्रवाह हुने सहुलियतपूर्ण पुनकर्जा उपलब्ध गराउने र सोमार्फत कम्तिमा दुई बर्षका लागि होटल ब्यवसायको ऋणमा पाँच प्रतिशत ब्याजदर कायम गर्ने ब्यवस्था गर्ने ।
– ब्यवसाय संचालनको नियमित प्रशासनिक तथा संचालन खर्च ब्यवस्थापन गर्न कम्तिमा एक बर्षका लागि थप सहुलियत कर्जा उपलब्ध गराउने ।
– कर्मचारीहरुको पारिश्रमिक ब्यवस्थापनका लागि ब्यवसायी तथा श्रमिकहरुकै रकमबाट जम्मा भएको सामाजिक सुरक्षा कोषबाट कम्तिमा २५ प्रतिशत रकम उपलब्ध गराउने ब्यवस्था मिलाउने ।
– घरभाडामा लिई संचालन भएका ब्यवसायहरु पूर्णरुपमा धरासायी भएको हुँदा बिशेष ब्यवस्था गरी लकडाउन अवधिको घरभाडा छुटको ब्यवस्था मिलाउने ।
– यस बर्षको मुख्य पर्यटकीय सिजनदेखि नै कोरोना प्रभावका कारण ब्यवसायहरु संचालनमा गम्भीर असर पुगेको हुँदा विद्युत महशुल, सम्पत्ती कर, ब्यवसाय कर, सरसफाई शुल्क लगायतका कर तथा शुल्कहरु पूर्णरुपमा मिन्हा गर्ने र कम्तीमा आगामी दुई बर्षका लागि बिशेष छुट गर्ने ब्यवस्था गर्ने ।
– नेपाल सरकार, प्रादेशिक सरकार तथा स्थानीय सरकारहरुबाट आगामी बर्षका लागि तर्जुमा हुने कार्यक्रम तथा बजेटमा पर्यटन ब्यवसायको पुनर्उत्थान र पुर्नजिवित गर्न सहयोग पुग्ने कार्यक्रमहरुका लागि बिशेष प्राथमिकताका साथ बजेट विनियोजनको ब्यवस्था गर्ने ।

लकडाउनपछि कुन रुपमा व्यवसाय संचालन गर्ने योजना छ ?
लकडाउन पछि होटलहरूको सरसफाईको मापदण्ड तयार पारेर होटल खोल्ने र नयाँ उबअपबनभ हरु तयार पारेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्छ । अहिले सबैभन्दा ठूलो स्वास्थ्य र सुरक्षा भएकाले यसलाई मध्येनजर राखेर काम गर्नेु पर्छ । Digital marketing  मा ध्यान दिनु पर्छ । लकडाउनले सबै digitization भएकोले हामीले पनि त्यही अनुसार काम गर्नेु पर्छ ।

व्यवसायीहरुका मागप्रति सरकारले नयाँ बजेटमा सम्वोधन गरेको छ ?
हाम्रो मागप्रति सरकारले सम्बोधन गरेको छैन, अस्तिको बजेटमा केही राहत आउलाकि भनेको त्यस्तो केही भएन र उल्टै २५ गते भित्र कर तिर्न भनेको छ । हामीलाई यस सरकार प्रति केही अपेक्षापनि छैन अब ।

लकडाउनले नयाँ व्यवसायीहरुलाई कस्तो असर पारेको छ ?
सबभन्दा बढी नयाँ ब्यबसायिकहरु मारमा छन् भिजिट नेपाल २०२० को अपेक्षाले करोडौं रुपैयाँ ऋण लिएका होटलहरू धराशायी भएका छन्, न खोल्ने न बन्द गर्ने निर्णयपनि गर्न सकेका छैनन् ।
यो अन्तर्वार्ता सु सन्देश साप्ताहिकमा प्रकाशित छ ।

18625
Shares

ट्रेन्डिङ