सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रे चौरीका नेत्रप्रसादको पिडा: आमाको कि’रिया गर्न खर्च छैन्, घरपरिवार कसरी पाल्ने

काभ्रे चौरीका नेत्रप्रसादको पिडा: आमाको कि’रिया गर्न खर्च छैन्, घरपरिवार कसरी पाल्ने

7520
Shares
काभ्रे चौरीका नेत्रप्रसादको पिडा: आमाको कि’रिया गर्न खर्च छैन्, घरपरिवार कसरी पाल्ने

बाँचुञ्जेल सुख सयलमा बस्ने । मिठो खाने । राम्रो लगाउने । बिरामी हुँदा समयमै उपचार पाउने । यो हरेक मान्छेसँग ईच्छा हुन्छ । तर गायक खेम सेञ्चुरीको गीतमा भनिए झै ‘सोचे झै जीन्दगी रैन्छ ।’

काभ्रे चौरीदेराली गाउँपालिका वडा नम्बर ५ पोखरीचौरीका नेत्रप्रसाद गौतमको कुरा सुन्दा त्यसै-त्यसै आँखा रमाउछन् । मन भक्कानिएर आउँछ । नेत्रप्रसादले सायद यतिसम्मको पिडा र दुःख जीन्दगीमा आईपर्छ भन्ने सोच्नु भएको पनि थिएन् होला । तर भैदियो सोचे भन्दा फरक ।

सम्झिनुस त पैसा नहुँदा आफ्नो आमाको पार्थिब शरीरलाई समयमै दा’हसंस्कार गर्न नसक्दाको पिडा कस्तो हुन्छ ? नेत्रप्रसाद गौतमको ५० वर्षीया आमा लक्ष्मी गौतमको पाठेघर क्यान्सरका कारण नि धन भयो । त्यो पनि उपचार नपाएरै । सायद धन, सम्पत्ति भैदिएको भए, आमालाई मृ त्युबाट नेत्र प्रसादले पक्कै पनि जोगाउनु हुन्थ्यो होला ।

जसो तसो खर्च जुटाएर आमाको दा’हसंस्कार त गरे । तर किरिया खर्च छैन् । हाम्रो समाजले तँ सँग खर्च छैन, मृ त्यु संस्कार केहि छोटो गर भन्न सक्दैनन् । आमाको श’व दा’हसंस्कार जसो तसो गरेका नेत्रप्रसादको आँखै अगाडी अर्को चिन्ता पनि थपिसकेको छ । आमाको कि’रिया खर्च कहाँबाट जोहो गर्ने ?

मान्छेको दुःख दैवले पनि कहाँ बुझ्छ अनि बुझ्छ र । समयमै उपचार गर्न नसक्दा नेत्रप्रसादले आमा गुमाउनु पर्यो । अहिले आमाको कि’रिया बसिरहेका नेत्रप्रसादको घरमा बुढा बुबा अनि छोराछोरी पनि बिरामी छन् । कसो गर्ने ? कसलाई भन्ने ? भगवानलाई भनौँ सुन्दैन् दुःखीको पिडा ।

नि षेधाज्ञापछि समस्यामा परेका घरपरिवारलाई खाद्यान्न सहयोग गर्ने काम अहिले युवा संघ र अनेरास्ववियूले गरिरहेको छ । हिजो मात्रै उनै नेत्रप्रसादको घरमा एमाले नेता दिपक गौतम खाद्यान्न सहित भेट्न पुग्नुभएको थियो । नेत्रप्रसादलाई भेटेपछि नेता गौतमले उनको दुःखका बारे गरेको वर्णन यस्तो छ:

‘मानिस जन्मन्छ मर्छ यो शाश्वत सत्य हो । तर मरेर ला’स उठाउन खर्च नहुँदा कति पीडादायी होला ? चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ पोखरीचौरी कैजलेका नेत्रप्रसाद गौतमको ५० वर्षीय आमा लक्ष्मी गौतमको पाठेघरको क्यान्सरका कारण उपचार नपाएर कोठामै मृत्यु भयो । नेत्रप्रसादले आमाको लास उठाउने खर्च बल्ल जुटाएर दाहसंस्कार गरे । तर, उनीसँग हाल कि’रिया खर्च छैन् ।

नेत्रप्रसादको श्रीमती सुत्केरी भएको एक महिना पुगेको रहेछ । एक छोरा र एक छोरी पनि बिरामी छिन् । रोगले थिलिएका बुढा बुबा पनि काम गर्न सक्दैनन् । एकातिर कोरोना म’हामारी अर्को तिर आमा गुमाउनुको पीडा ।

आमाको कि’रिया खर्च कसरी जुटाउने भन्नेमा उनी चिन्तित छन् । आँखाभरि आँसु पार्दै उनी भन्छन्, कस्तो दिनमा जन्मेको रहेछु ।’ हामीले केही खाद्यन्न सामग्री सहयोग गरेका छौँ । पीडाको चाङमाथि थुप्रिएका नेत्रप्रसादलाई ‘तपाईंको दुःखमा हामी छौँ’ भनेर फर्कियौँ । मनकारी मन भएकाहरुले पनि सहयोग गरौँ । सेवा नै धर्म हो ।’

7520
Shares

ट्रेन्डिङ