सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महासंघमा बरिष्ठ उपाध्यक्षको महाभिडन्त

महासंघमा बरिष्ठ उपाध्यक्षको महाभिडन्त

3860
Shares
महासंघमा बरिष्ठ उपाध्यक्षको महाभिडन्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्षका लागि महाभिडन्त हुने भएको छ । चैत २८ गते हुने अधिवेशनमा बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वैधानिक प्रावधानले गर्दा भवानी राणा अध्यक्ष हुनेछिन् तर बरिष्ठ उपाध्यक्ष को हुने ?
यस सवालमा मै हुँ सवैभन्दा योग्य भनेर शेखर गोल्छा मैदानमा उत्रिएका छन् र तिमीभन्दा म योग्य भेर सुरेन्द्र कुमार प्रधान पनि मैदान पस्दैछन् । यी दुईवीच काँटोका टक्कर हुनेवाला छ भन्छन् उद्यमी व्यवसायीहरु ।
एउटा डिजाइन बनाएका छन् अध्यक्ष पशुपति मुरारकाले । आफ्नो हालीमुहाली कायम रहोस भनेर मुरारकाले विधान संशोधन गराएर बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान निश्चित गरेपछि अव शेखर गोल्छालाई आगामी अध्यक्ष बनाउने योजनाअनुसार मुरारकाले उनको जित निश्चित हुने वातावरण बनाइदिएका छन् ।
आफू अध्यक्ष, अव भवानी राणा र राणापछि शेखर गोल्छा अध्यक्ष हुँदा तिनै कार्यकालमा आफ्नो बर्चस्व कायम रहने र सुपर अध्यक्ष बन्न पाइने लोभले पशुपति मुरारकाले नेपाल उद्योग वाणिज्य महासंघमा ठूलै राजनीति गरिरहेका छन् ।
अहिले पनि कालाव्यापारी, लागूऔषधका तस्कर, माफिया मारवाडी समुदायको ठेकेदार बनेका मुरारका महासंघले सुपारी, अलैची, चिया, अदुवा, लसुनजस्ता बस्तुमा दिने उत्पत्तिको प्रमाणपत्रमार्फत महिनाको पचासौं लाख हसुरिरहेका छन् । उनको यो खन्चुवा बानी अर्को २ कार्यकाल यथावत राख्नकै लागि मुरारकाले महासंघभित्र अस्वस्थ र षडयन्त्र फिट गरेको प्रतिक्रिया छ उद्यमीहरुको ।
पहिले नेवाः गुठी मानिएको महासंघ अव मुरारका गुठीमा परिणत हुने भएको छ । यस्तै IME गु्रपका अध्यक्ष चन्द्र ढकाल दोस्रो मर्यादा क्रममा (बरिष्ठ उपाध्यक्ष) पछिको उपाध्यक्षमा उठ्ने भएका छन् । उनीको जीत प्रायः निश्चित रहेको व्यवसायीहरु बताउँदै छन् । उनी लोकप्रिय व्यवसायी पनि हुन ।

3860
Shares

ट्रेन्डिङ