सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा हाल सम्म ३ हजार १ सय ९० जना कोरोना संक्रमण मुक्त

काभ्रेमा हाल सम्म ३ हजार १ सय ९० जना कोरोना संक्रमण मुक्त

3330
Shares
काभ्रेमा हाल सम्म ३ हजार १ सय ९० जना कोरोना संक्रमण मुक्त

काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये उपचार पछि आज ६ जना डिस्चार्ज भएका छन् । यो संगै जिल्लाका संक्रमित मध्ये हाल सम्म उपचार पछि ३ हजार १ सय ९० जना भाईरस मुक्त भएका छन् ।

यस्तै जिल्लामा आज थप ५ जनामा भाईरसको संक्रमण देखीएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । बनेपा नगरपालिकाका २ महिला र २ पुरुषमा भाईरसको संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा ३ हजार २ सय ९१ जनामा संक्रमण भईसकेको छ ।

अब जिल्लामा ५७ जना सकृय संक्रमित छन् । ति मध्ये २ जना महिला र १ जना पुरुष गरि ३ जना अस्पताल आईसोलेसनमा छन् भने २४ जना महिला र ३० जना पुरुष गरि ५४ जना होम आईसोलेसनमा रहेको कार्यलयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । यस्तै भाईरसको संक्रमणका कारण जिल्लाका १४ जना महिला र ३० जना पुरुषको ज्यान गईसकेको छ ।

3330
Shares

ट्रेन्डिङ