सबैको समाचार
बुधबार, मंसिर २६, २०८१
  • होमपेज
  • काभ्रेमा भूकम्प प्रतिरोधी र सुविधासम्पन्न विद्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

काभ्रेमा भूकम्प प्रतिरोधी र सुविधासम्पन्न विद्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

7300
Shares
काभ्रेमा भूकम्प प्रतिरोधी र सुविधासम्पन्न विद्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

काभ्रे / प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलमा सञ्जीवनी माध्यमिक विद्यालयका तीनवटा भवनको उद्घाटन गर्नुभएको छ । २०७२ मा आएको भूकम्पका कारण क्षति पुगेको त्यस विद्यालयको भवन पुनर्निर्माण भएसँगै प्रधानमन्त्री ओलीले बुधबार उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पुनर्निर्माण गरिएका भवनको अवलोकन समेत गर्नुभयो ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाबाट भवन पुनर्निर्माण गरिएको हो । ९ करोड ९८ लाख रुपैयाँमा बनेका भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणले गति लिएको भन्दै भूकम्पबाट क्षति भएका बाँकी संरचनाको पनि पुनर्निर्माण गर्ने काम चाँडै सकिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुनर्निर्माणपछि विद्यालयको भौतिक संरचना राम्रो भएको भन्दै शिक्षाको गुणस्तर वृद्धिमा पनि विशेष ध्यान दिनु पर्ने बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न विद्यालय पुनर्निर्माण भएसँगै ‘अझ राम्रो र बलियो’ भन्ने नारा साकार हुँदै गएको बताउनुभयो ।

7300
Shares

ट्रेन्डिङ