सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बनेपाबाट एक नाले भरुवा बन्दुक फेला

बनेपाबाट एक नाले भरुवा बन्दुक फेला

2205
Shares
बनेपाबाट एक नाले भरुवा बन्दुक फेला

काभ्रे :- जिल्लाको बनेपा नगरपालिका वडा न १ लामिछाने गाँउमा बाँसको झ्याङमा एक नाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

लामिछाने गाउँ बस्ने बलराम लामिछानेको खेतको बाँस झ्याङमा बेवारिसे अवस्थामा ठाडोगरी राखेको १ (एक) नाल भरुवा बन्दुक रहेको भन्ने सुचना प्राप्त हुनासाथ सो स्थानमा गएको प्रहरीले एक वटा भरुवा बरामत गरेको हो ।

बनेपा नगरपालिका वडा न १ का वडा अध्यक्ष कमल घिमिरेले खबर गर्न साथ ईलाका प्रहरी कार्यलय बनेपाको टोलिले बन्दुक बरामत गर्दै मुचुल्का उठाएर बन्दुक कार्यलय ल्याएर थप अनुसन्धान कार्य अघि बडाईएको काभ्रे प्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।

2205
Shares

ट्रेन्डिङ