सबैको समाचार
आइतवार, अशोज १८, २०८३

एकल महिलालाई रातो पहिरन

5090
Shares
एकल महिलालाई रातो पहिरन

नुवाकोट बागेश्वरीका एकल महिलाले सामूहिक रुपमा रातो पहिरन लगाएका छन् । सूर्यगढी गाँउपालिका–२ र ३ मा रहेका १८४ जना महिलाले रातो टीका, सारी र पछ्यौरा लगाएका हुन् ।
श्रीमान्को निधनपछि महिलाले त्याग गर्दै आएको रातो पहिरनले समाजमा अपहेलित हुनुपरेको भन्दै सामूहिक रुपमा भेला भएर सौभाग्य ग्रहण गरेको बागेश्वरी एकल महिलाका अध्यक्ष देउती ढकालले बताउनुभयो । “साविकको बागेश्वरी गाविसमा रहेका महिलामध्ये इच्छुक भएका १८४ जनालाई रातो टीका, पछ्यौरा र सारी लगाएर श्रीमान् गुमाउनु पर्दाको पीडा बिर्साउन र परिवारदेखि समुदायमा सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित हुने अपेक्षा गरेका छाँै ।”
अध्यक्ष ढकालले भन्नुभयो “आफूले चाहेको पहिरन लगाउन नपाउँदा स्वतन्त्रता र समानतामा हुँदै आएको विभेदलाई हटाउन सन्देश दिएका छौँ ।”
सरकारी तथ्याङ्कअनुसार बागेश्वरीमा २२० जना एकल महिला रहेकामा अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिको समन्वयनमा भएको रातो पहिरन ग्रहणमा १८४ जनाले श्रीमान्को सौभाग्यको रुपमा रहको रातो टीकासहितका कपडा पहिरिएको सङ्घका केन्द्रीय सदस्य बिन्दा ढुङ्गानाले जानकारी दिनुभयो ।
एकल महिलालाई राज्यले सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि सामाजिक पुनःस्थापना तथा समुदायमा रहेको विभेदकारी नीतिको अन्त्य गराउन भने पहल नगरेको उनीहरुको गुनासो छ । रासस

5090
Shares

ट्रेन्डिङ