सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेका सबै कोरोना संक्रमित डिस्चार्ज

काभ्रेका सबै कोरोना संक्रमित डिस्चार्ज

5695
Shares
काभ्रेका सबै कोरोना संक्रमित डिस्चार्ज

धुलिखेल, ५ असारः काभ्रेका सबै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । भक्तपुर स्थित कोरोना अस्पतालमा उपचार गराइरहेका उनीहरु शुक्रबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए

काभ्रेका ४ जना, काभ्रे घर भइ काठमाण्डौ बस्दै आएका १ जना र ललितपुर बस्दै आएका १ जना गरी ६ जना डिस्चार्ज भएका हुन् । उनीहरु मेडिकल कलेज दुवाकोटमा उपचार गराइरहेका थिए ।

अन्तिम परीक्षण रिपोर्ट समेत निगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्जपछि उनीहरु गृह जिल्ला फर्किएका छन् । उनीहरुलाई एक हप्ता आफ्नै घरमा सुरक्षितसाथ बस्ने ब्यवस्था मिलाइएको छ ।

5695
Shares

ट्रेन्डिङ