काठमाडौं, चैत १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्व प्रधानमन्त्रीहरुसँग आफ्नो चीन भ्रमणबारे परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको परामर्शमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवालगायत सहभागि भएका थिए ।
त्यस्तै पुर्व अर्थमन्त्री र विज्ञहरुको टोलीसँग पनि प्रधानमन्त्री प्रचण्डले आजै छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा पुर्व प्रधानमन्त्रीहरुले चीन भ्रमण फलदायी बनाउन सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्डको टोली आज साँझ एकसाता लामो चिन भ्रमणमा जाँदैछन् ।