सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ​शैलुङ गाउँपालिका अन्तर्गत वार्ड न: १,साबिक ताम्चेत दुधपोखरीमा चुनावको चर्चा चुलिदै 

​शैलुङ गाउँपालिका अन्तर्गत वार्ड न: १,साबिक ताम्चेत दुधपोखरीमा चुनावको चर्चा चुलिदै 

3595
Shares
​शैलुङ गाउँपालिका अन्तर्गत वार्ड न: १,साबिक ताम्चेत दुधपोखरीमा चुनावको चर्चा चुलिदै 

चैत १६,दोलखा,शैलुङगाउँपालिका-१,ता.दुधपोखरी यस वार्डमा बिशेष गरेर नेकपा एमाले,माओवादी केन्द्र र नेपाली कंग्रेसको त्रिपक्ष प्रतिस्पर्धा हुने देखिएको छ । दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्थानीयले भने स्फुर्तीका साथ हेरिएको र आफुले चाहेको प्रतिनिधि चुन्न पाएको मा हर्षित भएको स्रोतले पुष्ठि गरेको छ ।

तत्कालीन एमालेको लाल किल्लाको रुपमा रहेको यस भेगमा यसपालि भने विभिन्न पार्टीहरु बिच प्रतिस्पर्धा हुने देखिको छ । यसै क्रममा दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भने विभिन्न पार्टीबाट विभिन्न व्यक्तिहरुको नाम चर्चामा रहेको छ  यद्यपि युवाहरुले पनि नेतृत्व हामीलाई सुम्पिन्नु पर्छ भन्ने आवाजहरु यताकता सुनिएको पाईन्छ  । 
यस वार्ड अन्तर्गत चर्चामा रहेको पार्टी र व्यक्तिको नामहरु नेपाली कंग्रेस बाट कंग्रेस गाउँ सभापति प्रेम मोक्तान(तन्जेन लामा) गाउँ तरुण दलको अध्यक्ष श्याम घिसिङ एमालेबाट पुर्व गाविस उपाध्यक्ष बिर्ख मोक्तान,शिक्षक सेवा बाट अवकाशप्राप्त  सुरेश मोक्तान र माओवादी केन्द बाट रामजी घिसिङ,नेत्र तामाङ बल लगायतले इछ्याईको स्रोतको दावी छ ।

3595
Shares

ट्रेन्डिङ