सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सको पहिलो हार

इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सको पहिलो हार

6065
Shares
इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सको पहिलो हार

इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले पहिलो हार ब्यहोरेको छ । मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा घरेलु टिमले चेन्नईलाई ३७ रनले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले ५९ रन बनाए । उनले ४३ बलमा आठ चौका प्रहार गरेका थिए । यस्तै क्रुनाल पाण्ड्याले ३२ बलमा ४२ रन बनाए । हार्दिक पाण्ड्याले पनि ८ बलमा २५ रन बनाए । उनले एक चौका र तीन छक्का प्रहार गरेका थिए ।

१७१ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवात राम्रो गर्न सकेन । भरपर्दा ब्याट्सम्यान सुरेश रैना पनि टिमको स्कोर ३३ रन हुँदा १६ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका केदार जादवले भने चेन्नईका लागि ५८ रनको योगदान दिए ।

चेन्नईका अन्य कुनै ब्याट्सम्यान चल्न सकेनन् । बलिङतर्फ लसिथ मालिङ्गाले तीन विकेट लिए भने हार्दिक पाण्ड्या र ज्यासन बेह्रेन्डर्फले २–२ विकेट लिए । चार खेलमा दोस्रो जित हात पारेको मुम्बईले ४ अंक बनाएको छ । चेन्नई भने पराजयको बबजुत ६ अंकसहित आईपीएल तालिकाको शीर्ष स्थानमा छ ।

6065
Shares

ट्रेन्डिङ