सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • चीनमा प्राचीन चिहान लुटेको अभियोगमा दश वर्षको जेल

चीनमा प्राचीन चिहान लुटेको अभियोगमा दश वर्षको जेल

4425
Shares
चीनमा प्राचीन चिहान लुटेको अभियोगमा दश वर्षको जेल

पूर्वी चीनको लियाओनिङ प्रान्तमा गाडिएका चिहान र अन्य बहुमूल्य सामान चोरेको आरोपमा उक्त प्रान्तको एक अदालतले कि जिङ्युलाई १० वर्ष छ महिनाको जेल सजाय तोकेको छ ।
किले सन् २०१३ को जुलाईमा हङसान सांस्कृतिक क्षेत्रमा गाडिएको चिहान र समाधिस्थलबाट प्राचीन महत्वका केही बहुमूल्य गहना तथा अन्य सामान लिएको अभियोग लगाउँदै उनीसहित तीन जनालाई जेल सजाय र करिब ६ हजार अमेरिकी डलर जरिवाना तोकिएको छ ।
कि र उनका सहयोगीले इशापूर्व ४७५ देखि २२१ को समयमा गाडिएका चिहानबाट कोदाली, पिक र जमिनभित्रको धातु पत्ता लगाउने एउटा यन्त्र (डिटेक्टर) को सहायता लिँदै चिहानबाट बहुमूल्य मुद्रा, गहनासहित पत्थर लुटेको पुष्टि भएको भन्दै अदालतले जेल तथा जरिवना तोकेको हो । रासस÷सिन्ह्वा

4425
Shares

ट्रेन्डिङ