सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

बाजुरामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

4295
Shares
बाजुरामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

बाजुरा , जेठ १ । आईतबार बाजुराको सदरमुकाम मार्तडीबाट बुढीनन्दा नगरपालिका स्थित कोल्टीको दानसाँगु बजारमा जाने क्रममा से १ ज ८२९१ नम्बरको ट्याक्टर दुर्घटनामा परि एक बालकको मृत्यू भएको छ ।
मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका वडा नं. ७ का देवसिंह विष्टका अन्दाजी १३ वर्षिय छोरा काले विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टर दिउसो ३ बजे बुढीनन्दा नगरपालिकाकै साविकको पाँण्डुसेन गाविसको स्यालकाटिया भन्ने ठाँउमा अनियन्त्रित भई ३० मिटर तल खसेको र ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लगिएको जिल्ला प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले बताए । बाजुरामा बैशाख महिनामा मात्र विभिन्न सवारी दुर्घटनामा परि ८ जना घाईते र ४ जनाको मृत्यू भएको थियो ।

4295
Shares

ट्रेन्डिङ