सबैको समाचार
मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • चन्द्रागिरिमा काँग्रेसको अग्रता

चन्द्रागिरिमा काँग्रेसको अग्रता

5415
Shares
चन्द्रागिरिमा काँग्रेसको अग्रता

काठमाडौँ, २ जेठ । चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रल्हाद कार्कीले एक हजार ४९० मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले दुई हजार २४१ र एमालेका लीसा नकर्मीले एक हजार ७२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो ।
कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा १, २ र ३ वडाको मतगणना सम्पन्न भई अहिले ४ र ५ वडाको मतगणना भइरहेको छ ।
वडा नं १ मा एमालेको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा राजेन्द्र केसी तथा सदस्यमा शान्ता गिरी, सरस्वती रोक्का, गोविन्द थापा र मणिराज गिरी हुनुहुन्छ ।
वडा नं २ मा नेकपा (माओवादी केन्द्र)को समूह विजयी हुनुभएको छ । वडाध्यक्षमा गोपी सुर्खेती तथा सदस्यमा सुशीला कोइराला, सपना परियार, मधुकर बस्नेत र सुरेन्द्र तामाङ हुनुहुन्छ । वडा नं ३ मा काँगे्रसको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा दुर्गालाल महर्जन तथा सदस्यमा सीता सत्याल, सोना मगराती, दीपक सार्की र अमरबहादुर लामा हुनुहुन्छ । रासस÷

5415
Shares

ट्रेन्डिङ