सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मालिका– ४ मा माओवादी केन्द्र विजयी

मालिका– ४ मा माओवादी केन्द्र विजयी

5100
Shares
मालिका– ४ मा माओवादी केन्द्र विजयी

बबियाचौर(म्याग्दी), २ जेठ । मालिका गाउँपालिका– ४ का वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दिलीप शेरचन ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधिलाल जैसीले १८३ मत प्राप्त गर्नुभएको छ । सदस्यमा माओवादी केन्द्रका मनरुपा घर्ती, सीता श्रीपाली र उदवीर रसाइली तथा काँग्रेसका बलिराम सुनार निर्वाचित हुनुभएको छ ।
एक हजार ३३५ मतदाता रहेको ओखरबोटमा ८५२ मत खसेको थियो । चार वटा वडाको मतगणना हुँदा मालिका गाउँपालिकाका अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले एक हजार २८७ र एमालेका वेगप्रसाद गर्बुजाले एक हजार २७२ तथा उपाध्यक्षमा काँग्रेसकी विमला रोकाले एक हजार २८७ र एमालेकी खरमाया विटालुले एक हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

5100
Shares

ट्रेन्डिङ