सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कतै तपाईकी प्रेमिका रिसाएकी त छैन ? यदि छ भने यसरी फकाउनुस

कतै तपाईकी प्रेमिका रिसाएकी त छैन ? यदि छ भने यसरी फकाउनुस

5455
Shares
कतै तपाईकी प्रेमिका रिसाएकी त छैन ? यदि छ भने यसरी फकाउनुस

हरेक सम्बन्धमा रिसाउने र फकाउने क्रम सधैँ जारी नै रहन्छ । एउटा सानो ठट्टाका कारण कुनै बेला तपाईको सम्बन्धमा समस्या देखा पर्न सक्छ । तपाईकी प्रेमिका यदि यस्ता कुराले गर्दा रिसाइराख्ने गर्नुहुन्छ भने चिन्ता नलिनुस् र यी उपायहरुमा ध्यान दिनुहोस् ।
१. जे कुरामा तपाईहरुबीच झगडा भएको थियो त्यही कुरालाई एउटा कोठामा बसेर छलफल गर्नुहोस् र एकअर्काको कुरा मज्जाले सुन्नुहोस् । दुवैलाई आफ्ना पक्ष राख्ने पुरा अधिकार रहेकोले अन्त्यमा आफैँ पत्ता लाग्नेछ गल्ती कसको हो भन्ने । यदि तपाईलाई गल्ती आफ्नो हो जस्तो लागेमा तुरुन्तै माफी माग्नुहोस् किनकी साँचो बोल्दा सधैँ फाइदा हुन्छ ।
२. आफ्नी प्रमिकासँग छलफल गर्ने क्रममा त्यसलाई लडाइँको रुपमा नबदल्नुहोला यसले तपाईहरुबीच झन् नराम्रो गराउँछ । कुनै पनि विषयलाई शान्तिसँग आरामले छलफल गर्नुहोस् र यसलाई बहसको रुपमा नलिनुहोस् । माफी मागेर मात्र सबै समस्या हल हुँदैनन् । तपाईकी प्रेमिकालाई विश्वास हुनुपर्छ कि तपाई वास्तवमै पछुतो मानिरहनु भएको छ ।
३. आफ्नी प्रेमिकालाई खुसी राखिराख्न उनलाई दैनिक जस्तो भनिरहनुहोस् की उनी तपाईका लागि कति खास छिन् । उनलाई सधैँ यो महशुस गराउनुहोस् कि तपाई यो सम्बन्धले धेरै खुसी हुनुहुन्छ र यसलाई जिन्दगीभर इमान्दारीताकासाथ निभाउनु हुनेछ । यसो गर्नाले तपाईहरुको सम्बन्धमा भिन्नै मिठास आउँछ ।
४. कुरैकुरामा आफ्नी प्रेमिकालाई हँसाइराख्ने प्रयत्न गर्नुहोस् । यसो गर्नाले तपाईकी रिसाएकी प्रेमिकालाई फकाउन धेरै सजिलो हुन्छ । अरु बेलामा पनि उनलाई हँसाइराख्न सक्नुभयो भने उनी कहिल्यै बोर हुनुहुन्न र तपाईसँग धेरैभन्दा धेरै समय बिताउन चाहनुहुन्छ ।
५ आफ्नी प्रेमिकाको अगाडि यस्ता कुरा कहिल्यै नगर्नुहोस् जसले उनको मनमा चोट पुराउन सक्छ । बरु उनलाई बेलाबखत सरप्राइजहरु दिनुहोस् र घुम्न लैजानुहोस् । उनीसँग सकेसम्म केही नलुकाई सबै कुरा सेयर गर्नुहोस् ।
यति गरेपछि आशा छ कि तपाईकी प्रेमिका र तपाईबीच चाँडै नै मिलाप भएर सबै समस्याहरु समाधान हुनेछन् । एजेन्सीको सहयोगमा

5455
Shares

ट्रेन्डिङ