सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी

सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी

3335
Shares
सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी

चौतारा, ५ जेठ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपप्रमुखमा काँग्रेसकै लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकै देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गर्नुभएको छ । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।
सो गाउँपालिकाको वडा नं १, २, ४ र ६ मा नेपाली काँग्रेसका क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ३, ५ र ७ मा एमालेका क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी हुनुभएको छ । रासस

3335
Shares

ट्रेन्डिङ