सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने

4190
Shares
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने

१६ कात्तिक, काठमाडौं । निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बोलाइएको छ ।

नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।

तर, प्रधानमन्त्रीको ठाडो निर्देशनपछि विहीबारदेखि पुरानै मुल्य कायम गरिने आयल निगम स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अब पुरानै मूल्य कायम गरिने स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएको स्रोतले बतायो ।

त्यसलगत्तै मुख्यसचिवले आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रंोतले अनलाइनखबरलाई बतायो ।

मूल्यवृद्धि फिर्ता लिने प्रधानमन्त्रीको निर्देशनप्रति निगमले भने असन्तुष्टि जनाएको छ । अन्तर्राष्ट्रिय बजारका आधारमा मूल्य समायोजना गरिँदै आएको हुनाले यसलाई फिर्ता लिने प्रधानमन्त्रीको निर्देशन नाजायज भएको नियमका एक अधिकारीले बताए । मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशनले निगमलाई २२ करोड घाटा हुने निगम स्रोतले बतायो ।

4190
Shares

ट्रेन्डिङ