सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कतारमा बिल्डिङ खसेर ७०% नेपाली मृत्यु भएको खबर झुटो

कतारमा बिल्डिङ खसेर ७०% नेपाली मृत्यु भएको खबर झुटो

6825
Shares
कतारमा बिल्डिङ खसेर ७०% नेपाली मृत्यु भएको खबर झुटो

कतार, ५ जेठ । कतारमा भएको नेपाली राजदूतावासले केहीदिन अगाडी त्यहाँ ठुलो बिल्डिङ भत्किएर धेरै नेपालीहरू मरेको समाचार झुटो भएको जानकारी दिएको छ । शुक्रवार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै राजदूतावासले उक्त कुरा जनाएको हो । कतारको Al Bandari Engineering Trading and Contracting कम्पनीले निर्माण गर्दै गरेको भवन भत्किएको र धेरै नेपालीको मृत्यु भएको खबर आएको थियो ।
खासमा भएको के थियो ?
-खासमा त्यही कम्पनीले बनाउँदै गरेको एक भवन भत्किएको हो जसमा तीनजनाको मृत्यु भएको हो ।
-तीनैजना नेपालीहरू हैनन्, १ जनामात्र नेपालीको मृत्यु भएको हो ।
-मृत्यु हुनेमा रुपन्देही जिल्लाका चिन्नक मल्लाह रहेका छन्
-दाङका गंगाराम चौधरी भने घाइते भएका छन् ।
स्रोत: कतारमा रहेको नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति

6825
Shares

ट्रेन्डिङ