सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पिपलटारमा ट्रक दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

पिपलटारमा ट्रक दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

3180
Shares
पिपलटारमा ट्रक दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

सिन्धुपाल्चोक, ६ जेठ । सिन्धुपाल्चोकको मेलम्चीनगरपालीका ९पिपलटारमा आज मध्यान्ह साँढे १२ बजे तिर महेन्द्र निसान ट्रक दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी मेलम्चीनगरपालीका नौ की अन्दाजी ५० वर्षकी डिलमायाँ तामाङको ट्रकमा भएको बालुवाले पुरिएर मृत्यू भएको र ट्रक चालक सोही स्थानकै बाबु दोङ गम्भीर घाइते भएको हो ।
मेलम्चीबाट बालुवा लिएर डब्ल्याङको धुले जाँदै गरेको बा २ ख ३१२२ नम्बरको उक्त ट्रकझिल्के मोड भनेर चिनेने स्थानमा पुग्दा मोड नपुगेपछी ब्याक गर्ने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकमा सवार अन्य तीनजना भने सकुसल रहेका छन् । घाइते दोङको मेलम्चीमा उपचार भइरहेको र मृतक तामाङको पोष्टमार्टमका लागी मेलम्ची लगीएको छ ।

3180
Shares

ट्रेन्डिङ