सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • स्थानीय तहमा अझै तीन निर्वाचन बाँकी, यी हुन् अब हुने निर्वाचन

स्थानीय तहमा अझै तीन निर्वाचन बाँकी, यी हुन् अब हुने निर्वाचन

4145
Shares
स्थानीय तहमा अझै तीन निर्वाचन बाँकी, यी हुन् अब हुने निर्वाचन

७ जेठ, काठमाडौं । ३१ वैशाखमा तीनवटा प्रदेशका २ सय ८३ वटा स्थानीय तह निर्वाचनबाट अधिकांश तहमा जनप्रतिनिधि निर्वाचित भए पनि ती तहले पूर्णता पाउन अझै तीन चरणको निर्वाचन प्रक्रिया पूरा गर्नुपर्नेछ ।
जनताले प्रत्यक्ष मत दिनु नपरे पनि स्थानीय तहलाई पूर्णता दिन दुईवटा निर्वाचन र तीनवटा चरणगत कार्य बाँकी छन् । निर्वाचन भएका तहमा गाउँ÷नगर सभाको लागि मात्र प्रतिनिधि चुनिएकाले अब ती तहमा कार्यपालिका र न्यायिक समिति निर्माणका लागि दुईवटा बेग्लाबेग्लै निर्वाचन गर्न बाँकी छन् ।
स्थानीय कार्यपालिका गठन गर्नका लागि महिला, दलित, अल्पसंख्यक प्रतिनिधिका लागि छुट्टै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन सम्बन्धित केन्द्रका निर्वाचन अधिकृत र कार्यालयले काम गर्नुपर्नेछ । बाँकी रहेका दुई निर्वाचन भने अप्रत्यक्ष मतदानबाट हुनेछ । गत ३१ वैशाखमा जनताले प्रत्यक्ष मतदान गरी निर्वाचित गरेका जनप्रतिनिधिले मतदान गरी अबको निर्वाचन सम्पन्न गरिने राजधानी दैनिकमा खबर छ ।

4145
Shares

ट्रेन्डिङ