जेठ ८, काठमाडौं । राजधानीमा दैनिक करिब ७ सय ५० को हाराहारीमा राँगा-भैंसी काटिन्छन् । करिब २ हजारको संख्यामा खसी-बोका काटिने गरेका छन् । कति कुखुरा काटिन्छन् भन्ने आँकडा नै छैन ।
तर अचम्म महानगरमा हरेक दिन सयौंको संख्यामा पशुपंक्षी वध गरिँदा समेत त्यसको कुनै स्वास्थ्य परिक्षण नै गरिँदैन । काठमाडौं महानगरपालिकाले मासु ऐन लागू भएको १९ बर्षसम्म पनि उपत्यकावासीलाई स्वस्थ्य मासु खुवाउन सकेको छैन ।
-नेपाल समाचारपत्र