सुरज श्रेष्ठ / धुलिखेल, जेठ ९ । काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा न. ४ मा हालै मात्र एक अभिभावक भेला सम्पन्न भएको छ। उक्त भेला काभ्रे जिल्ला लगाएत समग्र राष्ट्रको हित तथा सकारात्मक परिवर्तनको लक्ष्य लिएर स्थापना भएको जनउद्धार संस्था नेपालले आयोजना गरेको थियो। उक्त भेलामा काभ्रे जिल्ला लगाएत आसपासका छिमेकी जिल्लाबाट अभिभावक पाल्नु भएको थियो।
उक्त भेलालाई जनउद्धार संस्था नेपालले जीवन उपयोगी विचार तथा जीवनका सकारात्मक पक्षलाइ विशेष ख्याल गरि एक दिने परामर्श प्रधान गरिएको थियो। उक्त भेलालाई सम्बोधन तथा परामर्श जन उद्धार संस्था नेपालको उपाध्यक्ष,परामर्श समितिका संयोजक तथा प्रमुख प्रशिक्षक सुश्री रजिना महतले गर्नु भएको थियो। प्रशिक्षनमा महतले जीवनको परिभाषा,चुनौती तथा वर्तमान अवस्थामा एकले अर्कालाई निज, आफुले आफैलाई महान सावित गर्ने प्रचलन ज्यादै बढेको भन्दै नकारात्मक तथा निज सोचलाई परिवर्तन गरि असल समाज निर्माण गर्न प्रेरणा प्रदान गर्नुका साथसाथै उहाले जीवनमा मायाको आवस्यकता,जन्म दिने आमाबाबुको महत्व साथै वर्तमान समयमा मायामा देखा परेको आर्थिक लोभ तथा पारिवारिक घमण्डको कारण मायाको सच्चा र पवित्र परिभाषा नै अन्धकारमा परेको प्रस्ट पार्नु भयो।
प्रमुख प्रशिक्षक महतले उक्त भेलामा सम्पत्ति साधन हो तर माया नै जीवनको माध्यम हो भनि प्रमाणित गर्नुका साथै जन उद्धार संस्था नेपालले काभ्रे जिल्ला तथा आसपासका जिल्लाहरुमा रहेका गरिब,दुखि,असाहय र अनार्थ साथै ज्येस्ठ र अपाङ्ग नागरिकको बलियो सहर बन्दै आएको पनि प्रस्ट पार्नु भयो। त्यसैगरी संस्थाको मुख्य सचिव सुनिल वस्नेतले यस कार्यक्रम जनता र समाज मुखी रहेकोले अबको भावी दिनमा पनि धेरै संख्यामा संचालन गर्ने बताउनुका साथै संस्थाले बिगत बाट काभ्रे जिल्लाको दुर्गम तथा सुगम भेगमा संचालनमा रहेको छात्रवृति,सरसफाई,वातावरण मैत्री,पशुपलालन,मौरी तथा फलफुल खेति,ज्येस्ठ नागरिक सम्मान तथा संरक्षन कार्यक्रम तथा कोशीपारी क्षेत्रको १७ गाविसमा संचालित “मधिरा मुक्त समाज,हाम्रो अभियान” नामक कार्यक्रमहरु शिघ्र सकारात्मक रुपमा भैरहेको जानकारी गराउनु भएको थियो।
ऊक्त कार्यक्रममा पाल्नु भएको अभिभावकहरुले यस्तो कार्यक्रम अझ पनि धेरै र प्रभावकारी ढंगले संचालनमा ल्याउन सके समाजमा सकारात्मक परिवर्तन ल्याउने सम्भव विचार व्यक्त गर्नुभएको थियो। साथै उक्त भेलामा पाल्नु भएको ज्येष्ठ नागरिक तथा संस्थाको शुभचिन्तक र विशेष सहयोगि चुत्र बहादुर तोलाङ्गेले समेत कार्यक्रम प्रभावकारी रहेको र असल समाज निर्माण गर्न यस्तो कार्यक्रम तथा यस संस्थाले विशेष भुमिका खेलेको व्यक्त गर्नुभएको थियो।