सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दया र प्रियंकालाई शुभकामनाको ओहिरो

दया र प्रियंकालाई शुभकामनाको ओहिरो

4045
Shares
दया र प्रियंकालाई शुभकामनाको ओहिरो

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय दयाहाङ राई र प्रियंका कार्कीको जोडीलाई दर्शकले मन पराइरहेका छन् । फलस्वरुप चलचित्रमा यो जोडी दोहोरी रहेको छ । जेठ २६ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र लाल्टिनमा पनि यो जोडी देखिँदैछ ।
प्रर्दशन मिति नजिकिदै गर्दा चलचित्रले आफ्नो प्रचरप्रसारलाई तिब्र बनाएको छ । यहि क्रममा चलचित्रको प्रचारप्रसारमा अन्य कलाकारले पनि साथ दिन थालेका छन् । चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई देखि निर्देशक मिलन चाम्स सम्मले आफु ‘लाल्टिन’ हेर्न उत्सुक रहेको र दर्शकलाई चलचित्र ‘लाल्टिन’ हेर्न आग्रह गरेका छन् ।
देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा दया, प्रियंकाको अलावा केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । लामो समय पछि यस चलचित्रमा दयाहाङ राई र प्रियंका कार्कीको जोडीलाई हामीले संगै देख्न पाउँछौ । लाल्टिनमा दयाहाङलाई डनको भुमिकामा देख्न सकिन्छ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।

4045
Shares

ट्रेन्डिङ