सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बोलेरो दुर्घटनामा एकको मृत्यु

बोलेरो दुर्घटनामा एकको मृत्यु

3095
Shares
बोलेरो दुर्घटनामा एकको मृत्यु

रत्ननगर (चितवन), ९ जेठ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटारमा आज भएको बोलेरो जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य आठजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको मुग्लिनबाट फिस्लिङतर्फ जाँदै गरेको बा४ख २३३ नंको बोलेरो अनियन्त्रित भई पल्टिँदा सोही ठाउँका ३५ वर्षीया शान्ति प्रजाको मृत्यु भएको हो । बोलेरो सडकको भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइतेहरुको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बोलेरोको चालक भने प्रहरी नियन्त्रणमा छन् । रासस

3095
Shares

ट्रेन्डिङ