बाढीपहिरो प्रभावितलाई पतञ्जलि आयुर्वेदिक काभ्रेको राहत सामग्री
काभ्रेपलाञ्चोक । पतञ्जलि आयुर्वेदिक काभ्रेले बाढीपहिरो प्रभावित समुदायहरूलाई ठोस राहत सामग्री प्रदान गरेको छ । पतञ्जलिले पनौती नगरपालिका वडा नं. ११ नेपानेका बाढीपहिरो पीडितहरूलाई १५ देखि २० दिनसम्मका लागि खाना पुग्ने गरी आवश्यक राहत सामग्री वितरण गरेको छ । राहत सामग्री वितरण कार्यक्रममा चामल, दाल, तेल, नुन, चिनी लगायतका अत्यावश्यक खाद्य पदार्थहरू समावेश थिए । […]