सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • २६ दिनपछि अस्पताल परिसरबाट स्वास्थ्य बीमा सेवा सञ्चालन

२६ दिनपछि अस्पताल परिसरबाट स्वास्थ्य बीमा सेवा सञ्चालन

745
Shares
२६ दिनपछि अस्पताल परिसरबाट स्वास्थ्य बीमा सेवा सञ्चालन

काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा बोर्डको निर्देशनअनुसार धुलिखेल नगरपालिकाले लामो विवाद र २६ दिनको ढिलाइपछि अन्ततः अस्पताल परिसरबाट नै स्वास्थ्य बीमा अन्तर्गतको रिफरल सेवा सञ्चालनमा ल्याएको छ। आज पहिलो दिनमै ८० जनाले सेवा दिईएको हो ।

बोर्डले तोकेको व्यवस्था अनुसार धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु तोकिए पनि नगरपालिकाले असार ३२ गते सेवा सञ्चालन नगर्ने निर्णय गरेको थियो। त्यसपछि व्यवस्थापन समितिले पटक–पटक माग गर्दा पनि अनुमति नआएपछि सेवा सुरु हुन सकेको थिएन।

यस अवधिमा धुलिखेलका बिमित नागरिकहरू उपचारका लागि अन्य पालिकाका स्वास्थ्य केन्द्र वा अस्पताल धाउन बाध्य भए। आजदेखि भने धुलिखेलका नागरिकले धुलिखेल अस्पताल परिसरमै स्वास्थ्य बीमा अन्तर्गतको रिफरल सेवा पाउने भएका छन्।

नगरपालिकाले सेवा सुरु गरे पनि व्यवस्थापन समितीले सेवा अस्पताल परिसरमा सीमित गर्नुको सट्टा प्राथमिक स्वास्थ्य केन्द्रमै सञ्चालन गर्नुपर्ने माग दोहोर्याएको छ। समितीका अनुसार अस्पतालबाट मात्र सेवा सञ्चालन गर्नु दीर्घकालीन समाधान होइन, बरु प्राथमिक स्वास्थ्य संरचनालाई कमजोर पार्ने खतरा हुन्छ।

नगर प्रमुखको निर्णय र समितीबीचको सहकार्य अभावकै कारण ढिलाइ भएको जनाइएको छ। यद्यपि, पहिलो दिनमै उल्लेख्य संख्यामा नागरिकको चाप अस्पतालमा देखिएको छ ।

सेवा सुभारम्भ धुलिखेल नगरप्रमुखले टोकन प्रणालीको सुभारम्भ भने धुलिखेल नगर प्रमुख अशोक कु ब्यान्जुले गर्नु भएको थियो । यधपी प्राथमिक सेवा केन्द्र पिएचसी ब्यवस्थापन समितिलाई निरन्तर बेवास्था गर्दै आएको गुनासो गर्दै आएका छन ।

745
Shares

ट्रेन्डिङ