सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • काभ्रे जसपामा १९९ जनाको जिल्ला समन्वय समिति बन्यो

काभ्रे जसपामा १९९ जनाको जिल्ला समन्वय समिति बन्यो

7925
Shares
काभ्रे जसपामा १९९ जनाको जिल्ला समन्वय समिति बन्यो

काभ्रे : जनता समाजवादी पार्टी काभ्रेको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण एवं जिल्ला पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला संयोजन समिति काभ्रेका अध्यक्ष कृष्ण भण्डारी ( शिशिर) को अध्यक्षतामा पंचकन्या वेन्क्वैट–बनेपामा भएको कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रको कार्यकारीणी समिति सद्स्य राजेन्द्र श्रेष्ठ रहेका थिए ।

त्यस्तै कार्यकारीणी समिति सद्स्यहरू गंगा नारायण श्रेष्ठ विषेश अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं तामसालिङ राष्ट्रिय परिषदका इन्चार्ज रविन्द्र थिङ,पार्टीका केन्द्रिय सदस्य एवं ३ नं प्रदेशका सह इन्चार्ज तथा काभ्रे जिल्लाका अभियान संयोजक अकल बहादुर थीङ ,३ नं प्रदेशका सह इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य बन्दना सुवेदी,पार्टीका केन्द्रिय सदस्य होमकुमारी दोङ,पार्टीका केन्द्रिय निकाय सदस्य इन्द्र बहादुर गोले तामाङका साथै कभ्रेबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रिय परिषद सदस्यहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिशिर भण्डारीको अध्यक्षतामा पूर्व समाजवादी पार्टीका ९९ जना, पूर्व राष्ट्रिय जनता पार्टी तर्फबाट ५० जना, एकिकृत माक्सवादी पार्टीबाट १३ जना  र अन्य जनमुक्ति लोकतान्त्रिकपार्टी र नेपाल लोकतान्त्रिक पार्टीका समेत गरी १९९ जनाको जिल्ला समन्वय समिति बनाइएको छ । कार्यक्रममा काभ्रे जिल्लाका १३ वटै पालिकाका पालिका कमिटी अध्यक्षको संयोजकत्वमा ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान संचालन गर्ने निर्णय पनि भएको छ ।

7925
Shares

ट्रेन्डिङ